Blogger Tips and Tricks Latest Tips For Bloggers Free Backlinks

Friday, June 21, 2013

हार्नेले मात्रै चुनाबी तालमेलको कुरा गर्छ


Bimalendra-nidhi
विमलेन्द्र निधी, काँग्रेस नेता
 नेपाली काँगेसका नेता विमलेन्द्र निधी पार्टीभित्र बरिष्ठ नेता शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा तथा वैचारिक नेताका रुपमा चिनिनुहुन्छ । मधेशी समूदायमा अग्रणी नेताका रुपमा चिनिने निधीसंग काँग्रेसको चुनावी तयारीका साथै समसामयिक राजनीतिका विषयमा माधव धितालले गरेको कुराकानी :
 ० मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनु पर्छ र दिनु हुँदैन भन्ने काँग्रेसभित्र दुईखालका कुरा आए, पार्टीको आधिकारिक धारणा के हो ?
काँग्रेसको आधिकारिक कुरा प्रधानन्यायाधीशवाट राजीनामा दिनुहुँदैन भन्ने हो । रेग्मीले राजीनामा दिनासाथ यो सरकार विघटन हुन्छ । त्यसकारण अहिले हामीले त्यस्तो कुनै पनि काम गर्न चाहँदैनौं, जसले गर्दा सरकारलाई अप्ठेरो परोस् । हाम्रो केन्द्रीय विषय भनेको संविधान सभाको चुनाव गराउनु हो । निर्वाचन गराउनकै लागि यो सरकार गठन भएको हो । दलहरुकै वीचमा सहमति नभएरै निर्दलीय सरकार गठन गरेको कुरा पनि जगजाहेर नै छ । त्यसकारण यो तटस्थ सरकार गठन भएको हो र यसलाई निष्पक्ष रुपमा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । बहालवाला प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिरिषदको अध्यक्षको जिम्मेवारी दिइएको हो । त्यसैले राजीनामा दिनुपर्छ भनेर सभापति सुशील कोइरालाले भन्नुभएको छ भने त्यो उहाँको निजी अभिव्यक्ति हो, पार्टीको आधिकारिक धारणा होइन ।
 ० पार्टी सभापतिले नै त्यस्तो अभिव्यक्ति दिएपछि अलिकति द्विविधा उत्पन्न भएन र ?
हैन, द्विविधा छैन । सभापतिजीको मुखवाट त्यसरी निस्किएको हो भने केही भ्रम उत्पन्न भएको होला । स्वभाविकरुपमा भ्रम त हुन्छ नै । तर, उहाँसँग मेरो भेट भएको छैन । उहाँले त्यसो भन्नुभएको हो भने उहाँको यो निजी कुरा हो मैले अघि पनि भने ।
केही दलका नेताहरुले भनिराख्नु भएकाले पनि होला राजीनामा दिँदा समस्या समाधान हुन्छ भनेर । तर, आधिकारिक कुरा के हो भने प्रधानन्यायाधीशवाट रेग्मीले राजीनामा दिनुहुँदैन र राजीनामा माग्नु पनि हुँदैन । चुनावलाई नै केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ । बढिरहेको पनि छ काँग्रेस ।
 ० थ्रेसहोल्डबारे काँग्रेसको धारणा के हो ? थ्रेसहोल्ड कायम गर्नु पर्छ भन्ने हो कि यसबारे पार्टी लचिलो हुन तयार छ ?
 संविधानसभाको निर्वाचनका लागि थ्रेसहोल्ड राम्रो कुरा हो । तर अब संविधानसभाको निर्वाचन गराउनु सबैभन्दा मूल उद्देश्य हो काँग्रेसको । संविधानसभाको निर्वाचन गराउन हामीले के-के त्याग गर्नुपर्छ, त्यो गर्न तयार छौँ । र, सबै दल तयार हुनुपर्छ । हामी थ्रेस होल्डवारे लचिलो हुन तयार छौं । तर चुनाव हुनुपर्छ ।
 ० नेपाली काँग्रेसको चुनावी तयारी कस्तो छ त ?
 काँग्रेस केन्द्रीय समितिले आफ्ना प्रतिनिधिलाई एक महिनाका लागि देशभर खटाएको छ । त्यहीअनुसार केन्द्रीय नेताहरु जिल्ला-जिल्लामा पुग्नुभएको छ । यो एक महिने अभियान सकिएर त्यहाँको स्थलगत विवरण आएपछि अवस्था बुझेर फेरि खटाउन सकिन्छ ।
० तराई मधेसको कुरा गरौँ , तराईमा सबै दलको आँखा लाग्ने गरेको छ । तपाईहरुले काँग्रेसको स्थिति तराईमा कस्तो पाउनुभएको छ ?
मधेसमा अहिले धेरै नै राम्रो छ । तर, सत्य बोल्नुपर्दा टिकट वितरणमा नेपाली काँग्रेसमा एउटा क्षेत्रमा तीनजना, चार जना उम्मेदवारहरुले इच्छा राख्नु स्वभाविक हुन्छ । अनि कुनै एउटाले पायो भने अर्कोले असहयोग गर्ने प्रवृति देखिएको छ । यो प्रवृति हटाउनका लागि नेतृत्वको ध्यान पुग्नुपर्छ । नेपाली काँग्रेसमा नेताहरुको कमी छैन । हरेक क्षेत्रमा एक से एक नेताहरु छन् । त्यसैले मैले भन्ने गरेको छु अरु पार्टी जस्तो तालमेल काँग्रेसलाई जरुरी छैन । तर, पार्टीभित्रै भने तालमेल हुन जरुरी छ । एमाओवादीले तालमेलको कुरा गरिरहेको छ, एमालेले पनि तालमेल भनिरहेको छ, यसको अर्थ के हुन्छ ? यसको अर्थ उनीहरु कमजोर छन् भन्ने नै हो ।
० भनेपछि तपाईहरुले चुनावमा कसैसंग तालमेल गर्नुहुन्न ?
 काँग्रेसमा नेताहरुको कमी छैन । सबै क्षेत्र गाउँ, नगर तथा जिल्लामा निर्वाचित कार्यसमिति छ । त्यहाँ एक से एक नेताहरु छन् । देशको राष्ट्रिय मुद्दाहरुका विषयमा सहकार्य गर्नु एउटा विषय हो, तर चुनावको विषयमा साढगाँठ गर्नु अर्को विषय हो । त्यसकारण देशको राष्ट्रिय राजनीतिका विषयमा, संविधान बनाउने विषयमा, संघीयताका सवालमा, गणतन्त्रको विषयमा, धर्म निरिपक्षेताको विषयमा, मिश्रति निर्वाचन प्रणालीको विषयमा तालमेल गर्नु एउटा कुरा हो । तर, निर्वाचनमा भने काँग्रेसले तालमेल गर्दैन । किनभने तालमेल जसले चुनावमा पराजय पाउने निश्चित हुन्छ त्यसले गर्ने हो । जसले २ सय ४० वटै निर्वाचन क्षेत्रमा जित्ने आशा राखेको हुँदैन, जुन दल कमजोर छ, त्यसले मात्रै सबै क्षेत्रमा तालमेल गरेर, बाँडफाड गरेर चुनाव लड्ने हो । काँग्रेस आफै सक्षम छ काँग्रेसले एक्लै चुनावमा लड्न सक्छ, कसैसंग तालमेल गर्दैन । काँग्रेसलाई चुनाव जित्न अरुसंगै तालमेल नगरी पार्टीभित्रै तालमेल गर्नु जरुरी छ ।
 ० काँग्रेसले आफ्ना मान्छे र आफू निकटका नेतालाई मात्रै चुनावमा टिकट दिने गरेको र त्यही कारणले विगतमा चुनावमा पराजय व्यहोरेको भन्ने आरोप कार्यकर्ताहरुको छ नि ?
जे सुकै होस् । टिकट वितरणको एउटा प्रणाली छ । क्षेत्रीय समितिलाई सिफारिस गर्न भनेका छौं, त्यो पनि बढीमा तीन जना । त्यही तीनजनामध्ये कसको सम्भावना बढी छ, त्यसलाई नै टिकट दिन्छौ । तर, कुनै कुनै ठाउँमा के हुन्छ भने कतिपय मान्छेहरु सिफारिसमा नपरेर नामहरु गएको होला, यो अपवाद हो । त्यो राम्रो कुरा होइन । अब अहिले चाँहि सकभर एकजनाको नाम एउटा क्षेत्रबाट सिफारिस भएर आयो भने अति नै राम्रो । तर, दुई-तीन जनाको आयो भने ती मध्येवाटै संसदीय बोर्डले उम्मेदवार चयन गर्छ । त्यसैले यो भन्दा उत्तम प्रणली मलाई लाग्छ राजनीतिकशास्त्रमा अरु छैन । विगतमा कमजोरी नभएको होइन, तर त्यस्तो कमजोरी हुन दिन हुँदैन ।
० हार्ने डरले एमाओवादीले चुनाव चाहेन भन्ने आरोप तपाइहरुले लगाइरहनुभएको छ । के एमाओवादी हार्ने डरले चुनाववाट भाग्न खोजेको हो ?
म यो विषयमा टिप्पणी गर्न चाहन्न । चार दलवीचकै सहमतिबाट बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरिएको हो । चुनावमा सबैले भाग लिनु पर्छ । काँग्रेस चाहन्छ, छिट्टै चुनावको मिति तोकियोस् । वार्ता र छलफल बढी भए । छिटोभन्दा छिटो दलहरुवीच थ्रेसहोल्ड लगायतका विषयमा सहमति जुटाएर निर्वाचन ऐन जारी गर्नु पर्छ । यदि त्यसो हुन सकेन भने चुनावको लागि गठन गरिएको सरकारको जिम्मेवारी हो चुनाव गराउने । सरकार अगाडि बढोस्, त्यसमा हामी तयार छौ ।
० नेकपा-माओवादी लगायतका दलहरुले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउको खारेज नभएसम्म चुनावमा जान्नौ भनेका छन् । यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ ?
 मलाई त्यस्तो लाग्दैन । उहाँहरु पनि चुनावकै पक्षमा हुनुहुन्छ । उहाँहरुले कहिल्यै पनि भन्नुभएको छैन कि हामी चुनाव विरोधी हो । उहाँहरुले त सहमतिमा चुनाव हुनुपर्छ, हामी तयार छौं भन्नुभएको छ । अब निर्वाचनमा जान ढिलाइ गर्नु हुँदैन छिटोभन्दा छिटो निर्वाचन गर्नु पर्छ र निर्वाचनमा सबै दलले भाग लिनु पर्दछ । मोहन वैद्यजीहरुले भाग लिनु भएन भने पनि चुनाव रोकिँदैन । यतिमात्रै होइन, काँग्रेसले त मोहन वैद्य र उपेन्द्रजीहरु पनि उच्चस्तरीय राजनीतिक संयन्त्रमा आइदिए हुन्थ्यो भन्ने पक्षमा छ र त्यो पहल पनि गरेकै छ । अरु दलहरुबाट पनि कोही आउनुहुन्छ भने उहाँलाई पनि संयन्त्रमा राख्न काँग्रेस तयार छ ।

आम्सटर्डमको रातो गल्ली

एल्जो टयाक्सी पार्किङमा यात्रुहरुको प्रतीक्षा गरिरहेकी थिई ।
Jaction Height Cover page.inddरात जति गहिरिँदै थियो, रेड लाइट एरियाका राता बत्तीहरुको उज्यालो झन् प्रगाढ हुँदै थियो । रेड लाइटका हरेक गल्लीमा टेक्ने ठाउँ थिएन । धक्कमधक्का गर्दै मान्छेहरु आˆनो बाटो बनाइरहेका थिए । गल्लीबाट मान्छेहरु खुला सडकमा निस्कँदा गोठबाट वस्तुको बथान निस्केझैँ प्रतीत हुन्थ्यो ।
‘यतिका मान्छेहरु के हेर्न आएका होलान् यहाँ ?’ क्याबिनको रातो प्रकाशमुनि नाम मात्रको कपडाले छोपिएको आफ्नो नाङ्गो देह प्रदर्शन गरेर विभिन्न हाउभाउद्वारा ग्राहकहरुलाई आकषिर्त गरिरहेका युवतीहरुलाई देखेर असजिलो मान्छे एल्जो । उसलाई किनकिन यो काम मन पर्दैन । हजारौं मान्छेका भोका आँखालाई कसरी क्याबिनभित्र बसेका केटीहरुले झेल्न सकिरहेका होलान् ? ऊ यसरी मान्छेको अगाडि नाङ्गिनुपरेको भए मुर्छा पर्थी ।
रातो गल्लीमा उसका साथीहरु पनि छन् । उसका तीन-चार जना साथी पढाइ छोडेर रातो क्याबिनको शोभा बन्न आएका थिए । नादिया उसकी पुरानी साथी, जो केही महिनाअगिसम्म अटोरिक्सा चलाउँथी । साथीको लहैलहैमा लागेर एक दिन ऊ पनि रातो गल्लीभित्र छिरी । अटोरिक्सा चलाएर एक महिनामा कमाउने रकम उसले तीन-चार दिनमै कमाई । त्यसपछि ऊ कहिल्यै त्यहाँबाट ˚र्किइन ।
उसले ती साथीहरुलाई स्मरण गरी जो प्रायः उसलाई रातो गल्लीमा आउन आमन्त्रण गर्छन्- “एल्जो, किन दुःख गर्छेस् ⁄ टयाक्सी चलाउन छोडेर तँ पनि आइज यहाँ । यहाँ आएपछि तैंले पनि थाहा पाउँछेस्, यी पुरूष र सुँगुरमा के फरक छ ? बाहिर हाम्रो अगाडि सभ्य र भद्र देखिने यी लोग्ने मान्छेहरु रातो गल्लीभित्र छिर्नेबित्तिकै सुँगुर बन्छन् । जताजता हाम्रा क्याबिन छन्, त्यतै नाक र मुखले सुँघ्दै हिँड्छन् । हाम्रो क्याबिनभित्र छिरेपछि त झन् यिनीहरु एकतिर मात्र मुख भएको दुलामा पसेको मुसो बन्छन् । मुसो ठान्छ, ऊ दुलो भत्काइरहेको छ । वास्तवमा हामी मुसालाई दुलाको धरापमा पारी उन्मुक्त भएर हाँसिरहेका हुन्छौं । क्याबिनमा झुन्डिएको रातो बत्ती हाम्रो मोहिनी रुप हो, जसमा लट्ठिएर पुरूषहरु बेबकु˚ बन्छन् र आफ्नो सर्वस्व लुटाएर जान्छन् ।”
एल्जोले रातो गल्लीतिर हेरी । विभिन्न उमेरका पुरूषहरु- युवादेखि वृद्धसम्म ⁄ सबैको अनुहारमा एउटै भाव छ- पश्चात्ताप, लज्जा ! ‘यिनको अनुहारमा तृप्तिको भाव किन देखिँदैन ?’ एल्जो जिल्ल पर्छे । वास्तवमा तिनको अनुहार मग्न र मुग्ध देखिनुपर्ने हो । नयाँ स्वाद र सन्तुष्टि पाएपछि तिनीहरुको मुखमण्डलमा बेग्लै आभा तैरिनुपर्ने हो । तर आश्चर्य ⁄ एल्जोलाई रातो गल्लीबाट निस्केर आउने प्रायः हरेक पुरूष गाँजा खाएर पछुताएको गँजडी र जुवाको खालमा सर्वस्व गुमाएर ˚र्केको जुवाडेझैँ लाग्छ ।
दुई जना मानिस पार्किङतर्फ आइरहेका थिए । उसले आफ्नो विचारको शृङ्खला तोडी र टयाक्सीको चालक-सिटमा गएर बसी । उसले टयाक्सी स्टार्ट गरी, हेड लाइट बाली र हर्न बजाई ।
ती मान्छेहरु उसको टयाक्सीमा चढे ।
“अल्फ्रेड डब्लिन स्ट्राट ६६, साउथ इस्ट ⁄” एउटा व्यक्ति लट्ठिएको स्वरमा बोल्यो ।
उसले टयाक्सी मोडी र ग्राहकले भनेको ठेगानातिर गुड्न थाली ।
“कस्तो रहृयो क्याबिन नम्बर १०३ ?” एउटा व्यक्ति बोल्यो । उसको स्वर मोटो थियो ।
“अद्भुत ⁄” अर्को व्यक्तिले भन्यो । उसको स्वर अलि मसिनो थियो ।
“किन अद्भुत ? कहिल्यै नदेखेको के कुरा देख्यौ र अद्भुत लाग्यो तिमीलाई ?” पहिलो व्यक्तिलाई दोस्रो व्यक्तिको ‘अद्भुत’ शब्द मन परेन अथवा उसको अद्भुत अनुभवप्रति उसलाई ईष्र्या लाग्यो ।
“इटालियन हुँ भन्थी ।” मसिनो स्वर भएको व्यक्ति अझै आˆनो नयाँ अनुभूतिमा रमाइरहेको प्रतीत हुन्थ्यो ।
“इस् ⁄ खुब भेटयौ इटालियन ⁄ मोरी यतैतिरकी खच्चड होली ⁄ मक्खै पर्‍यौ जस्तो छ नि तिमी ? यी रन्डीहरु खुब नखरा पार्छन् । यिनीहरुको नाटक पत्याउँछौ तिमी ? कति बेबकु˚ बनाउँछन् हामीलाई ⁄” पहिलो व्यक्ति असन्तुष्टि पोखिरहेको थियो ।
“किन ? तिम्रो मुड खराब भए जस्तो छ नि ⁄ नराम्रो माल भेटयौ कि क्या हो ?” दोस्रो व्यक्ति हाँस्दै बोल्यो ।
“घरको मालभन्दा त राम्रै हो यार ⁄ तर हरामीकी छोरी अति चलाख र धूर्त थिई । क्याबिनभित्र छिरेको पाँच मिनटमै मैदान खाली गराइदिई । साथसाथै ५० युरो टिप्स पनि झम्टेर लिई ।” ऊ चिन्ता मानेझैँ गरी बोल्यो ।
साले सुँगुरहरु ⁄’ एल्जोलाई तिनीहरुको कुराले क्रोधित बनाइरहेको थियो । नादियाले भनेको ठीकै रहेछ- रातो गल्लीभित्र छिरेपछि यी पुरूषहरु सुँगुर बन्छन् ।
आम्सटर्डमको रातो गल्ली चहारेर ˚र्केका यी दुई पुरूषबीचको वार्तालापले एल्जोको मन उद्विग्न भइरहेको थियो । उसको हृदय चीत्कार गरिरहेको थियो । टयाक्सीको स्टेयरिङ समातेदेखि उसले कति ग्राहकहरुलाई रेड लाइट एरियामा ल्याउने र लैजाने गरिसकेकी छ तर आज पहिलो पटक उसमा पुरूषहरुप्रति घृणाभाव जागिरहेको थियो । सायद नादियाको कुराले पनि उसलाई प्रभावित गरेको हुन सक्छ । ती दुई यात्रुहरु एल्जोको वास्तै नगरी अश्लील शब्द बोलिरहेका थिए । उनीहरुको यो व्यवहार उसलाई मन परिरहेको थिएन । केही मिनटका लागि बाझ्नुभन्दा चुप लाग्नु नै उपयुक्त ठानेर ऊ आफ्नै धुनमा टयाक्सी चलाइरहेकी थिई ।
हि हि हि ⁄ दोस्रो व्यक्ति हाँस्यो । आफ्नो साथीले पाँच मिनटका लागि १५० युरो झ्वाम पारेको सुन्दा उसलाई पक्कै रमाइलो लागेको हुनुपथ्र्यो ।
“अब तिम्रो खल्तीमा कति युरो बाँकी छ ?”
“पर्स हेर्नुपर्छ । धेरै छैन, त्यस्तै १०-१५ युरो छ कि ⁄” पहिलो व्यक्ति बोल्यो ।
“धत् ⁄ टयाक्सीको भाडा तिर्ने पैसा पनि छैन ?” दोस्रो व्यक्ति झोक्कियो ।
“आज तिमीले तिरे हुन्न ? अस्ति मैले तिरेको भुल्यौ ?” पहिलो व्यक्तिको मोटो स्वर झन् धोद्रो भयो ।
‘हे भगवान् ⁄’ एल्जोको हृदयमा शूल उठयो । सुँगुरहरु सम्भवतः हरेक दिन जाँदा रहेछन् । उसले तिनीहरुलाई धिक्कारी ।
“मसँग पनि धेरै पैसा कहाँ छ र ? यस्तै ४०-५० युरो होला ।” दोस्रो व्यक्तिले प्यान्टको खल्तीबाट पर्स निकालेर हेर्‍यो, “अँ, ६० युरो रहेछ ⁄”
“त्यतिले पुगिहाल्छ नि ⁄ पहिले म उत्रिन्छु, तिमीले उत्रिने बेलामा भाडा दिनू ⁄” पहिलो व्यक्तिले मिटर हेर्‍यो । १० युरो पुगेको रहेछ । ऊ खिस्स हाँस्यो ।
“आज पनि बजारबाट ब्रेड, बटर र ससेज ल्याएन भनेर गाली खाइने भो ⁄ बच्चाहरु हिजैदेखि कराइरहेका थिए ।” पहिलो व्यक्तिको स्वर उदास थियो ।
“छोड यार ⁄ यी घरका मुर्गीहरु कुरकुर गरिहन्छन् । यिनले कराउँदैमा हाम्रा पखेटाको प्वाँख झर्ने हो र ? यिनीहरुको कामै कराउने हो । देखेनौ, पैसा पाएर पनि रेड लाइटका ती कुकुर्नीहरु भुक्न छोडे ? जातै यस्तो ⁄ के गर्छौ ?” दोस्रो व्यक्तिको स्वर चर्को भइरहेको थियो ।
“मेरी घरकीले पनि कफीको बट्टा र जुस ल्याउन मोबाइलमा एसएमएस गरेकी थिई । कफीको बोटै चपाउन पाएपछि धुलो घोलेर के खानु ? होइन त यार ⁄” दोस्रो व्यक्ति जोडले हाँस्दा पहिलो व्यक्तिले पनि खित्का छोडयो, “क्या गजबको कुरा गर्‍यौ यार ⁄” तिनीहरुको हाँसो टयाक्सीबाहिर पनि गइरहेको थियो ।
एल्जोले अचानक जोडले ब्रेक लगाई । टयाक्सी पल्टिएलाझैँ भयो । फलामको डन्डीमा ती दुवैका टाउका ठोकिए ।
“ऐरया ⁄” पहिलो व्यक्ति चिच्च्यायो ।
“झन्डै टाउको फुटेको ⁄” दोस्रो पनि पीडाले करायो ।
“यसलाई टयाक्सी चलाउने लाइसेन्स कुन स्वाँठले दियो होला ?” पहिलो व्यक्तिले टयाक्सीमा लात बजार्‍यो ।
एल्जो केही बोलिन । आधा शिर बाहिर निकालेर उसले थुकी ।
केही बेर सन्नाटा छायो । ती दुवै व्यक्ति चोटले रन्थनिइरहेका थिए ।
“तिमीले बेरोजगार भत्ता’ पायौ अल्बर्ट ?” दोस्रो व्यक्तिले सोध्यो ।
“अप्रिलको पाएँ, मेको बुझेको छैन । खल्ती खाली भो । अब एक-दुई दिनमा बुझ्ने हो कि ?” पहिलो व्यक्ति अर्थात् अल्बर्ट बोल्यो ।
“तिमी कहिले बुझ्छौ नि वीरबहादुर ?” पहिलो व्यक्तिले दोस्रो व्यक्तिलाई सोध्यो ।
“मलाई कसले बेरोजगार भत्ता देओस् ? शरणार्थी जस्तै बसेको मान्छे ⁄ जति पैसा कमाए पनि यिनै रन्डीहरुमा खर्च भइहाल्छ । घरको खर्च श्रीमती र छोरीले चलाउँछन् ।” वीरबहादुरले दुखेसो पोख्यो ।
“भाग्यमानी छौ यार ⁄ श्रीमतीको कमाइले भुँडी भरेका छौ । हामीले त कहाँ त्यसो गर्न पाउनु ?” अल्बर्टले ईष्र्या गर्‍यो ।
“ल गाँजा खाऊ, टेन्सन भाग्छ ।” वीरबहादुरले ज्याकेटको खल्तीबाट अलिकति गाँजा निकालेर अल्बर्टलाई दियो ।
“हामी के गरौं यार ? सरकार हामीलाई जागिर दिँदैन तर वेश्यालय खोल्न दिन्छ । बेरोजगार भत्ता दिँदै भन्छ, ‘रेड लाइट एरियामा गएर मस्ती गर ⁄’ हामीलाई भत्ताबापत दिएको पैसा रन्डीहरुमार्फत जबरजस्ती असुलेर फिर्ता लान्छ । ल भन, हामी के गर्न सक्छौं यार ?” अल्बर्टले हताश हुँदै भन्यो ।
“मन दुख्ने कुरा नगर यार ⁄ निराश भएर आखिर के नै हात लाग्ने हो र ? आज बाँच्न सिक, भोलि के हो के हो ?” वीरबहादुरले अल्बर्टको काँध थपथपाउँदै भन्यो, “बरू कुरा गर नयाँनयाँ तरूनीहरुको, जो जुन महिना लागेपछि सारा संसारबाट यस आम्सटर्डमको रातो गल्लीमा आˆनो सौन्दर्यका किरण छर्दै भित्रिनेछन् । त्यसपछि यहाँ ओइरिनेछन् थकित, गलित तथा टेन्सनको बोझले थिचिएका पुरूषहरु । आम्सटर्डमको यस रेड लाइट एरियामा सुखका क्षणहरु खोज्दै भौंतारिनेछन् ।” वीरबहादुरको ठाउँमा कुनै कवि बोलिरहेको थियो । रेड लाइट एरियाको क्याबिनबाट ‘वाइन’ र ‘वुमन’ को पेग चढाएर मातेको वीरबहादुर भावुक बनिरहेको थियो ।
“भन्नुको अर्थ ?” अल्बर्ट बोल्यो ।
“कुरा बुझेनौ लाटा ? विदेशीहरु आम्सटर्डममा मस्ती गर्न आएको बेला तिमीले ट्वाँ परेर हेर्नुपर्ला । त्यसैले नयाँ तरूनीहरुसँग मोज गर्न पैसा बचाएर राख्नू भन्न खोजेको मैले । मैले बुझेअनुसार यस पटक ल्याटिन अमेरिकाबाट भर्खरका तरूनीहरुको झुन्ड आउँदै छ रे ⁄” उसले जिब्रो फट्कार्‍यो ।
“हेरौं यार, के हुन्छ ⁄” पहिले जस्तो स्फूर्ति थिएन अल्बर्टमा । ऊ थकित जस्तो देखिन्थ्यो ।
“आज बाँच्न सिक, भोलि के हो के हो ?” दार्शनिक लवजमा वीरबहादुर फेरि बोल्यो । “श्रीमतीको के चिन्ता गर्छौ ? त्यसले सधैं तिमीलाई साथ दिने हो र ! कुन दिन, कुन बेला डिभोर्स हुने हो, थाहा हुन्न । रहृयो बच्चाको कुरा, फ्रायडले भनेझैँ हाम्रो यौनानन्दका ‘बाइ प्रोडक्ट’ यिनीहरु पनि पखेटा लागेपछि कता उड्छन् कता ⁄ अन्त्यमा एक्लै जिउनु, एक्लै मर्नुपर्ने हो । बरू बाँचें भने म साथ दिउँला तिमीलाई । त्यो रातो गल्लीको कसम ⁄” वीरबहादुर जोडले हाँस्यो र खोकेको खोक्यै गर्‍यो ।
“साँच्चै भन्यौ तिमीले । त्यो रातो गल्लीको कसम ⁄ म पनि साथ दिउँला तिमीलाई ।” अल्बर्ट बोल्यो ।
एल्जो चुपचाप तिनीहरुको कुरा सुनिरहेकी थिई । सुरूसुरूमा यिनीहरुको कुरा सुन्दा उसलाई हाँसो लाग्यो, त्यसपछि रिस उठयो । अहिले उसको मन व्यथित बनिरहेको छ । ‘यी लफङ्गाका बेतुकका कुरामा केही न केही त सत्यता अवश्य छ ।’ उसका आँखा आँसुले भरिए ।
“अगाडिको चोकबाट बायाँ ठीक सामुन्नेको घरमा रोक्नू ।” अल्बर्ट बोल्यो ।
एल्जोले टयाक्सी बायाँ मोडी । अल्बर्टको घरअगाडि टयाक्सी रोकियो । ऊ ओर्लियो ।
“ओके, गुडनाइट ⁄ सि यु ल्याटर !” अल्बर्ट गेटभित्र छिर्‍यो ।
“सय मिटरअगाडि, बस स्टपनिर रोक्नू ।” वीरबहादुर बोल्यो ।
एल्जोले टयाक्सी घुमाई, गति बढाई । केही छिनमा एउटा पुरानो घर आइपुग्यो । उसले किनारमा टयाक्सी पार्क गरी । वीरबहादुरले मिटर हेर्‍यो । ठयाक्कै ५० युरो भएछ । ऊ ढोका खोलेर बाहिर आयो र पर्सबाट ५० युरो झिक्यो । एल्जो पनि टयाक्सीबाट बाहिर निस्किसकेकी थिई ।
“इ, ५० युरो, टयाक्सीको भाडा ⁄” वीरबहादुरले आफ्नो हात बढायो ।
ऊ अचानक जोडले खोक्न थाल्यो । खोकेको खोक्यै छाती समातेर ऊ भुइँमा घोप्टियो । एल्जोले आफ्ना हातको सहाराले उसलाई उठाई । ऊ अझै ख्याकख्याक खोकिरहेको थियो ।
“को चिच्च्याएको हो ?” ढोका खोलेर एउटी रोगीझैँ देखिने आइमाई बरन्डामा आइन् ।
“तिम्रो लोग्ने हो आमा ⁄” एल्जोले वीरबहादुरको अनुहारमा हेर्दै भनी ।

करिश्मालाई संझदै अरुणिमाको जवानीसँग मस्त हमाल

साउन ३२ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ अहिले चर्चामा छ । चलचित्रमा समावेश विभिन्न दृश्यका कारणले पनि यसले चर्चा पाएको हो ।सेक्स केन्दि्रत सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालले निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, शशी खड्का, सुवास थापा, नव नायिका अरुणिमा लामाको मुख्य भूमिका छ ।
चलचित्रमा नायक राजेश हमालको २ चरित्र देख्न सकिन्छ । चलचित्रमा हमाल नायिका करिश्मा मानन्धरसँग ८० को दशकको स्टाइलमा रोमान्स गर्दै गरेको अवस्थामा पनि देखिन्छन् । यस्तै हमाल नव नायिका अरुणिमा लामाको यौवन र जवानीमा मख्ख पर्दै उनैसँग मस्त अवस्थामा पनि देखिन्छन् । हमालको २ प्रकारको चरित्रलाई दर्शकले मनपराउने विश्वास गरिएको छ ।

हनुमानढोका प्रहरी खोरमा ३ जना पत्रकार भेटिए

७ असार, काठमाडौं । नेपाल प्रेस काउन्सिलका पदाधिकारीले शुक्रबार काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा ३ जना पत्रकार फेला पारेका छन् । अनलाइनमा समाचार लेखेको आरोपमा हिरासतमा राखिएका तीन पत्रकारहरुमा सुशील पन्त, सन्तोष भट्टराई र एक्ट्राखबरका पुष्कर कँडेल रहेका छन् । अदालतले शुक्रबार पन्तलार्इ थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।
डिल्लीबजारस्थित कन्या क्याम्पसको शौचालयमा भण्टा भेटिएको समाचार सबैभन्दा पहिले एक्ट्राखबरले लेखेको थियो । त्यसपछि कन्या स्कूलका प्रमुखले आफ्नो शैक्षिक संस्थालाई बदनाम गर्न नक्कली अनलाइन खोलेर यस्तो प्रचार गरिएको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले सबैभन्दा पहिले काडेललाई गुल्मीबाट पक्राउ गरेको थियो । पछि नेपाली हेडलाइन्समा पनि समाचार आएको भन्दै पत्रकार पन्त र भट्टराईलाई प्रहरीले पक्राऊ गरी हिरासतमा लिएको हो ।
पत्रकार भनेर चिनेनौं : प्रहरी
नेपाल प्रेस काउन्सिलका पदाधिकारीले शुक्रबार हनुमानढोका पुगेर प्रहरी अधिकारीहरुसाग पत्रकारको गिरफ्तारीबारे छलफल गरेका छन् । छलफलका क्रममा प्रहरीले उनीहरुलाई नक्कली भएको आरोपमा गिरफ्तार गरिएको बताएका छन् । ‘नक्कली अनलाइन खोलेर स्कूललाई बदनाम गरेको उजुरीका आधारमा समातेका हौं, सही पत्रकार रहेछन् भन्ने तपाईहरुसँग भेटेपछि मात्रै थाहा भयो ।’ प्रहरीको भनाइ उधृत गर्दै प्रेस काउन्सिलका एक सदस्यले अनलाइनखबरसँग भने ।’
हनुमानढोकामा शुक्रबार भएको छलफलमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, सदस्य किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र मनऋषि धिताल हुनुहुन्थ्यो भने जिल्ला प्रहरी कार्यालयका तर्फबाट एसएसपीद्वय सुवोध घिमिरे, विजयलाल कायस्थ र एसपी प्रद्युम्न कार्की सहभागी हुनुहुन्थ्यो ।
छलफलमा काउन्सिलका पदाधिकारीले अनलाइनमा लेखिएको सामाचारका सम्बन्धमा काउन्सिलले नै कारवाही गर्ने ०६४ कात्तिक २० गतेको नेपाल सरकारको निर्णय सुनाउँदै पक्राउ परेका पत्रकार आफूहरुलाई जिम्मा लगाउन प्रहरीसँग आग्रह गरेका थिए । प्रहरीले यसबारे सकारात्मक हुँदै आजै सरकारी वकीलसँग सल्लाह गर्ने जानकारी दिएको काउन्सिल सदस्य किशोर श्रेष्ठले अनलाइनखबरलाई बताउनुभयो । प्रहरी प्रमुखले उनीहरुलाई विद्युतीय कारोवार अन्तरगत नभई सार्वजनिक अपराधको मुद्दा दर्ता गरेर प्रजिअ मार्फत पनि छाड्न सकिने बताएको तर, आफूहरुले तत्काल रिहा गर्न आग्रह गरेको श्रेष्ठले बताउनुभयो । समाचारमा चित्त नबुझेको भए कन्या स्कूलका प्रमुखलाई प्रेस काउन्सिल पठाइदिन पनि पदाधिकारीले प्रहरी प्रमुखलाई भनेका छन् ।
यसैवीच शुत्रकबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकमा पत्रकारको रिहाइका लागि पहल गर्न प्रेस काउसिन्सलका पदाधिकारीले गृहमन्त्री माधव घिमिरेका साथै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । तर, काउन्सिलका पदाधिकारीहरूले भेटेलगतै प्रहरीले पन्तलाई अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि ७ दिन थुनामा राख्न म्याद बुझाको छ ।
अनलाइन मिडिया एसोसिएसनद्वारा भर्त्सना
अनलाइन मिडिया एसोसिएसनका अध्यक्ष दिनेश बस्नेतले एक वक्तव्य जारी गरी अहिलेको विश्व अनलाइनमा अभ्यस्त हुने क्रममा र रेडियो,
टेलिभिजन र प्रिन्ट मिडिया अर्थात मल्टिमिडियाको रुपमा उपयोगमा आएको अनलाइन मिडियामा युवा उपस्थितिसमेत बढिरहेको भन्दैगिरफ्तारीको भत्सर्ना गर्नुभएको छ । राज्यले शिक्षित युवाहरुलाई रोजगारी दिन नसकिरहेका बेला युवाहरु स्वयमको पहलमा विकास भएको अनलाइन मिडियामाथिको राज्यको यो वक्रदृष्टि स्वयमका लागि घातक सिद्ध हुने निश्चित रहेको वक्तव्यमा उल्लेख छ ।
अनलाइनकर्मीहरुले माध्यम फरक भए पनि पत्रकारिता गरिरहेका छन् भन्दै वक्तव्यमा अझ अधिकांश अनलाइन मिडियाहरुले पत्रकार महासंघ र प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र छापाखाना तथा प्रकाशन ऐनप्रति पूर्ण प्रतिवद्धता जनाएर अनलाइन सञ्चालन गरिरहेका उल्लेख गर्दै कानुन बनाउनु र अनलाइनहरुलाई एउटा संयन्त्रमा ल्याउने दायित्व राज्यको हो भनिएको छ । ।
अनलाइनबाटै अनविज्ञहरुबाट निर्माण गरिएको विद्युतीय कारोबार ऐनले अनलाइन पत्रकारिता व्यवस्थापन गर्न नसक्ने निश्चित रहेको उल्लेख गर्दै वक्तव्यमा अनलाइन मिडियाहरुको हकमा विद्युतीय कारोबार ऐन लगाउने कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ। वक्तव्यमा अनलाइन मिडियाहरुका लागि अहिलेकै छापाखाना तथा प्रकाशन तथा प्रसारणसम्बन्धी ऐनहरुबाटै उपचार गरिनुपर्ने मागसमेत गरिएको छ ।
एउटा कलमजीवीलाई समाचार लेखेकै आधारमा अपराधीलाई जसरी पक्राउ गर्नु निन्दनीय कार्य भएको ठहर गर्दै पत्रकार पन्तको तत्काल रिहाईको माग गरिएको छ । वक्तव्यमा उनले के लेखे र के लेख्नु हुन्नथ्यो भन्ने कुराको निर्क्योल पत्रकारितासँग सम्बन्धित कानुनबाटै खोज्नसमेत आग्रह गरिएको छ । अनलाइन पत्रिकाहरुमाथि विद्युतीय कारोबारबाट उपचार खोज्ने प्रक्रिया रोक्न र पत्रकार पन्तको रिहाइ माग गर्दै वक्तव्यमा अहिलेकै प्रक्रिया निरन्तर रहे अनलाइनकर्मीहरु सशक्त अन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

ब्रान्डेड रक्सी पनि नक्कली

८ असार, विराटनगर । नक्कली मदिरासहित विराटनगर निलसदनस्थित होटल यतीबाट तीनजना पक्राउ परेका छन् । लामो समयदेखि अवैध रुपमा नक्कली मदिरा उत्पादन र बिक्री वितरण गर्दै आएका होटल सञ्चालक राजेन्द्र सेढाई र उनका सहयोगीद्वय धु्रव फुँयाल र तारा दाहाल पक्राउ परेका हुन् ।
शुक्रबार मोरङप्रहरी तथा आन्तरिक राजस्व कार्यालय विराटनगरको टोलीले संयुक्त रुपमा छापामा मारी ठूलो परिमाणमा नक्कली मदिार र मदिरा उत्पादन गर्न प्रयोग गरिएका विभिन्न सामग्री बरामद गरेको नागरिक दैनिकमा खबर छ ।
होटलले माथिल्लो तलामा विभिन्न ब्रान्डका नक्कली मदिरा बनाउने तथा महँगा ब्रान्डका बोतलमा मिनरल वाटर र सस्ता मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको पाइएको छ । बरामद भएका सामानमा रोयल स्टेग १२ थान, मिनिरल वाटरको बोतलमा भरेको मदिरा ७६ बोतल, ह्वाइट मिसचिफ भोड्का १८ थान, मदिरा नाप्ने कप, सोली बोतलको सिल खोल्न र स्टीकर टाँस्न प्रयोग गरेको हिटर, रुस्लान भोड्का ६० बोतल, नक्कली स्टिकर दुईसय ९ थान छन् ।

कर्मचारीको तलब बढाउन सरकारसमक्ष सिफारिस

sihadarbar1७ असार, काठमाडौं । आगामी बजेटमा बजार मूल्यसँग सामन्जस्य हुनेगरी कर्मचारीको तलब वृद्धि गर्न प्रशासन सुधार सुझाव समितिले सरकारसमक्ष आज सिफारिस गरेको छ । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको संयोजकत्वमा गठित सो समितिले कर्मचारीको तलब भत्ता वृद्धिलगायत २१ बुँदे अन्तरिम प्रतिवेदन शुक्रबार नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेलसमक्ष पेस गरेको हो ।
नेपाल सरकारबाट गठन भएको तलब आयोग (पे कमिसन)ले दिएको प्रतिवेदन, नेपाल राष्ट्र बैंकबाट प्रत्येक वर्ष जारी गर्ने उपभोक्ता मूल्यसूची र सार्क राष्ट्रहरूमा राष्ट्रसेवक कर्मच्ाारीलाई दिइएका सुविधालाई ध्यानमा राखी आव २०७०/०७१ को नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन हुनुपर्ने समितिको प्रतिवेदनमा उल्लेख छ । सरकारसमक्ष पेस गरिएको प्रतिवेदनमा स्थानीय निकायको निर्वाचन यसै वर्ष गर्नुपर्ने, अनधिकृत र अनियन्त्रित बस्ती विकासमा रोक लगाउनुपर्ने, व्यवस्थित सहरीकरणको विकास गरिनुपर्ने, भूमि बैंकको अवधारण लागू गर्नुपर्ने र निजामती अस्पताललाई क्षेत्रीय एवम् ज्ािल्लास्तरमा वृद्धि गर्नुपर्ने उल्लेख छ ।
प्रतिवेदनले राष्ट्रसेवक कर्मच्ाारीको सम्पत्ति विवरण नियमित अद्यावधिक गर्नुपर्ने, सार्वजनिक निकायमा गुनासो सुन्ने र सूचना दिने अधिकारी तोक्ने, प्रत्येक कार्यालयमा नागरिक बडापत्र राख्नुपर्ने, सुशासन ऐनको व्यवस्था हुनुपर्ने उल्लेख छ । त्यस्तै, प्रत्येक गाविसमा गाविस सचिवले सहज वातावरणमा काम गर्न पाउनुपर्ने, स्थलगत अध्ययनका आधारमा मात्र उद्योगको दर्ता गर्नुपर्ने, अवैधरुपमा सञ्चालन भएका क्रसर उद्योग तत्काल बन्द गर्नुपर्ने, वनजङ्गलको संरक्षण हुनुपर्ने, र दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुनुपर्ने सुझाव प्रतिवेदनमा छ ।
सरकारले गत वर्षको पुस ३ गते प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको संयोजकत्वमा प्रशासन सुधार सुझाव समिति गठन गरेको थियो । सरकारले सो समितिलाई तोकिएको कार्यादेशभित्र रही सरकारलाई सुझाव पेस गर्न निर्देशन दिएको थियो । संयोजक दाहलले प्रतिवेदन पेस गर्दै सार्वजनिक खरिद ऐनमा सुधार र सार्वजनिक खर्च प्रक्रिया पारदर्शी हुनुपर्ने बताउनुभयो । रासस

अष्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा सजियो नेपालको बुद्ध मूर्ति


budda
७ असार, सिड्नी । अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।
सो अबसरमा नेपाली टोलीले बिश्वभर शान्तिको सन्देश फैलाउने गौतम बुद्धको जन्म नेपालका लुम्बिनीमा भएको जानकारी गराउँदै बुद्धको सन्देश फैलाउन मूर्ति हस्तान्तरण गरेको बताएका थिए ।
मूर्ति ग्रहण गर्दै प्रधानमन्त्री गिलार्डले नेपाली समुदायलाई धन्यवाद दिनुभयो । शान्तिका प्रतिक गौतम बुद्धको मूर्तिले आफ्नो कार्यालयमा सजाउन पाएकोमा खुसी प्रकट गर्नुभएको थियो । त्यसलगत्तै गिलार्डले आफ्नो कार्यालयको सोकेसमा बुद्ध मूर्ति सजनाउनुभएको थियो ।
गौतम बुद्ध भारतमा जन्मिभएको भ्रम फैलाइरहेका बेला त्यसलाई चिर्न भन्दै बिश्वभर छरिएर रहेका नेपालीहरुले दुई बर्षअघि लुम्बिनी कपिलबस्तु अभियानको थालनी गरेको थियो । सोही अभियान अन्र्तगत गिलार्डलाई बुद्ध मूर्ति हस्तान्तरण गरिएको अभियानका बिश्व संयोजकले श्रेष्ठले बताउनुभयो ।
त्यसलगत्तै नेपाली टोलीले अष्ट्रेलियाका अध्यागमनसम्बन्धी मन्त्री क्रिस बोएनलाई भेटेर कार्यक्रमबारे जानकारी दिनुका साथै अष्ट्रेलियामा नेपाली समुदायको अबस्थाबारे जानकारी गराएको थियो ।

बाबुआमा हेला गर्नेलाई ३ महिना कैद र २५ हजार जरिवाना हुने

तपाईँ सरकारी, गैरसरकारीलगायत अन्य सेवामा रही तलबभत्ता बुझिरहनुभएको छ ? त्यो पैसा श्रीमती, छोराछोरीका लागि मात्रै खर्च गरिरहनुभएको छ ? परिवारमा ६० वर्षभन्दामाथिका हजुरबा, हजुरआमा, बुबा र आमा पनि हुनुहुन्छ तर उहाँहरूका लागि आफ्नो आम्दानी छुट्याउनुभएको छैन भने याद गर्नुहोस् ।
old-man
अब तपाइँले ती अग्रजका लागि पनि आफ्नो आम्दानीको केही हिस्सा छुट्टयाउनुपर्ने बाध्यता पर्ने भएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ज्येष्ठ नागरिक ऐन २०६३, नियमावली २०६५ तथा कार्ययोजना २०६२ लाई एकैसाथ परिमार्जन गर्दै सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरतले आफ्नो आम्दानीको केही हिस्सा छुट्टयाउनुपर्ने बाध्यताकारी स्थिति सिर्जना गर्न लागेको हो ।
दिन रात नभनी, सुख दुःख नभनी दिसापिसाब सोरेर हुर्काएका आफ्नै छोराछोरी, नातिनातिनीबाट बूढाबूढीलाई हेला हुँदा उनीहरू बाध्यतावश सडकमा आउने क्रम बढेपछि सरकारले चिन्तित भई सरकारी तथा गैरसकारी क्षेत्रमा काम गर्नेहरूको केही आम्दानी छुट्याउनुपर्ने बाध्यताकारी कानुन ल्याउन लागेको हो ।
समाज कल्याण मन्त्रालय, ज्येष्ठ नागरिक महासङ्घ र नेपालमा ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत हेल्प एज इन्टरनेसनलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । पछिल्लो जनगणनाअनुसार नेपालमा कुल जनसङ्ख्याको एक दशमलव तीन प्रतिशत अर्थात् करिब २५ लाख जनसङ्ख्या ६० वर्षभन्दा माथिको रहेको छ । अर्कातर्फ ९५ वर्षमाथिको जनसङ्ख्या ११ हजार मात्र छ । मन्त्रालयले पहिलो चरणमा ती ऐन, नियम तथा नीति परिमार्जनको जिम्मा ज्येष्ठ नागरिक महासङ्घलाई दिएको छ । महासङ्घका सचिव मनोहर उपे्रतीले संशोधन हुन लागेको प्रस्तावित ऐनमा आफ्नो आम्दानीको १० प्रतिशत आफ्ना परिवारका ज्येष्ठ नागरिकलाई छुट्ट्याउनुपर्ने बाध्यता राखिएको जानकारी दिनुभयो ।
सम्पत्ति हस्तान्तरण गर्दा अनिवार्यरुपमा कुल आम्दानी ३० प्रतिशत ज्येष्ठ नागरिकको नाममा राख्नुपर्ने, हाल दिइँदै आएको वृद्धभत्तामा पर्वभत्ता थप गरिनुपर्ने, अदालतमा ज्येष्ठ नागरिक हेर्न छुट्टै इजलास स्थापना गर्नुपर्ने, आफ्ना परिवारका ज्येष्ठ नागरिकलाई अपहेलना तथा दुव्र्यवहार गर्नेमाथि रु २५ हजारसहित तीन महिना कैदसम्मको व्यवस्था, ज्येष्ठ नागरिकलाई झुक्याई, ललाइफकाई सम्पत्ति लिएमा रु ५० हजार जरिवाना तथा एक महिनासम्मको कैद सजायँ तोक्नुपर्ने प्रावधान ऐनमा प्रस्ताव गरिएको छ ।
सरकारले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई भत्तालगायत अन्य क्षेत्रमा बर्सेनि रु ३० अर्ब विनियोजन गर्दैआइरहेको छ । नेपालको सामाजिक सुरक्षालाई दक्षिण एसियामै उत्कृष्ट मानिन्छ ।
कार्यक्रममा मन्त्रालयका सचिव दिनेशहरि अधिकारीले ज्येष्ठ नागरिकका अनुभव र सीपलाई पुस्तान्तरण गर्न आवश्यक भएको हुँदा यसका लागि उहाँहरूको अधिकारलाई थप सुरक्षित गर्न ऐन परिवर्तन गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रालयका सहसचिव पूर्णभक्त तण्डुकारले सामाजिक सुरक्षालाई अझ बलियो बनाउन ज्येष्ठ नागरिकसम्बन्धी ऐन परिवर्तन हुन लागेको जानकारी दिँदै ज्येष्ठ नागरिकलाई हेला होइन सम्मान गर्न थप हौसला जगाउन नै नयाँ नयाँ प्रावधान राखिएको बताउनुभयो ।
महासङ्घका अध्यक्ष डा. गौरीशङ्करलाल दासले ज्येष्ठ नागरिकलाई आवास गृहमा थन्क्याएर मात्र उहाँहरूको अधिकार संरक्षण गर्न नसकिने धारणा राख्नुभयो । रासस

बाढी पीडितलाई ज्ञानेन्द्रले दिए २५ लाख

७ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ ।

एमाओवादीमा मधेस स्वायत्त प्रदेश !

Maoist-Flag८ असार, काठमाण्डौं । एमाओवादीले ११ जिल्ला समेटेर ‘मधेस स्वायत्त प्रदेश’ गठन गर्ने भएको छ । उसले मधेसमा राजनीति केन्द्रित गर्न एउटै स्वायत्त प्रदेश बनाउन लागेको हो ।
हाल एमाओवादीका मिथिला, भोजपुरा र अवध राज्य समिति छन् । ती तीन राज्यलाई गाभेर स्वायत्त प्रदेश गठन गरी त्यहीअनुसार नेतालाई जिम्मेवारी दिने उसको तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा शुक्रबार बसेको अनौपचारिक बैठकमा स्वायत्त प्रदेश गठनलाई अन्तिम रूप दिनेबारे छलफल भएको मधेस इञ्चार्ज हरिबोल गजुरेलले जानकारी दिएको कान्तिपुर दैनिकमा खबर छ ।
‘मधेस स्वायत्त प्रदेश गठन गर्ने निश्चित भइसकेको छ,’ उनले भने, ‘उक्त प्रदेशमा नेताहरूको कसरी सेटिङ गर्ने गृहकार्य हुँदैछ ।’ यस्तो प्रदेशमा धनुषा, महोत्तरी, सप्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलवस्तु र रूपन्देही जिल्ला छन् । यसको गठनपछि राज्य पुनसर्ंरचनासम्बन्धी अर्को बहस सुरु हुनेछ । मधेस स्वायत्त प्रदेश गठन गरी उसले आफ्नो पछिल्लो अडान सार्वजनिक गरेको हो । राज्य पुनर्संरचनासम्बन्धी मधेसी दलसूग एजेन्डा मिलेको भन्दै उसले गठबन्धनलाई निर्वाचनसम्म पुर्यानउने र सकभर साझा उम्मेदवार बनाउने छलफल गरेको थियो । स्वायत्त प्रदेश गठनअघि अन्य मधेसी नेताहरूसूग परामर्श गरिने जानकारी गजुरेलले दिए । ‘मधेसमा कार्यरत नेताहरूको सुझावलाई समेटेर अन्तिम रूप दिइने छ,’ उनको भनाइ छ ।
एमाओवादीले मधेसी दलसूग गठबन्धन गर्ने र उक्त क्षेत्रमा आफ्नो अस्तित्व बढाउने रणनीतिअनुसार स्वायत्त प्रदेश गराउने रणनीति लिएको हो । प्रमुख मधेसवादी दलहरूसँग उसले ‘संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ गठन गरी आगामी निर्वाचनमा सँगै जाने प्रयास जारी राखेको छ । गएको संविधानसभा निर्वाचनमा एमाओवादीले मधेसमा नराम्रो हार भोगेको थियो ।
प्रमुख नेताहरू उपस्थित अनौपचारिक बैठकमा अन्य सहभागीले मधेसमा मधेसी नेताहरू अघि सार्नुपर्ने माग राखेका थिए । अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मधेसमा मधेसी नेतृत्व विकास गर्ने नीति पार्टीले लिइसकेको बताएका थिए । ‘मधेसमा मधेसी नेतृत्वको नेतृत्व विकास गर्न पार्टी नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने अनौपचारिक छलफल हो,’ श्रेष्ठको भनाइ थियो, ‘हामीले मधेसी नेताहरूलाई सन्तुष्ट पार्ने प्रयास गरेको बतायौं ।’

Friday, June 14, 2013

वैद्यले माफी मागेपछि ३३ दलमा मिलाप


protest-1 चुनावको विरोधमा रत्नपार्कमा प्रदर्शकाठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।

वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् । शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि  ३३ दलीय मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी दलका नेता कार्यकर्ताले सरकारले घोषणा गरेको निर्वाचन खारेजको माग गर्दै रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् ।
शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले अनलाइनखबरलाई बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।

Thursday, June 13, 2013

प्रचण्डकी बुहारी भन्छिन्- देश बदल्ने मान्छेको घरमै त्यस्तो…

'सासूको व्यवहारका कारण लाजिम्पाटमा बस्न सकिँन'
३१ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया गर्ने गरेको भए पनि सासू सीता दाहालका कारण लाजिम्पाट छाडेर माइत जानुपरेको सिर्जनाको दुखेसो छ । प्रचण्डपुत्र प्रकाशले बिनामगरसँग विवाह गरेपछि छोरो लिएर माइत गएकी सिर्जना अहिले पोखरामै स्नातकोत्तर पढिरहेकी छन् ।
आफ्नो छोराको जन्मदर्ता नहुँदा विद्यालय भर्नामा समस्या परेको गुनासो गर्दै सिर्जनाले भनेकी छन्- ‘जन्मदर्ता नभएर अहिले बाबुलाई स्कुल भर्ना गर्नसमेत समस्या भएको छ । मैले बुवा (प्रचण्ड) पोखरा आएका बेला यो समस्याबारे भनेँ । उहाँले ‘हुन्छ, काठमाडौं गएर बनाउँला,’ भन्नुभयो । पछि ‘तिमी र बाबुलाई चितवन लगेर बनाउँला,’ भन्नुभयो । त्यसपछि यसबारे केही कुरा भएको छैन ।’
‘मिरर न्युज’ मासिक पत्रिकाको तेस्रो अंकलाई लामो अन्तरवार्ता दिँदै प्रचण्डकी बुहारी सिर्जनाले छोराको जन्मदर्ता मात्रै नभई आफू र प्रकाशवीच अहिलेसम्म विवाह दर्तासमेत नभएको दुखेसो पोखेकी छन् । सिर्जनाको भनाइ छ-’ मलाई धेरै कुराले टर्चर दिएको छ, अहिले मेरा लागि मुख्य कुरा मेरो छोरो हो । म यसका लागि लडिरहेकी छु । सधैँ लडिरहन्छु । उसको अहिलेसम्म जन्मदर्ता छैन । त्यसले पनि समस्या पारेको छ । स्कुल भर्ना गर्दा जन्मदर्ता चाहिन्छ । अझ अर्को समस्या त हाम्रो विवाह दर्तासमेत गरिएको छैन । उतिबेलै मैले ‘विवाह दर्ता गरौँ’ भनेकी थिएँ । तर, प्रकाशले ‘ह्या, दुनियाँलाई थाहा छ हामीले विवाह गरेको, किन विवाह दर्ता चाहियो ?’ भने । त्यतिबेला विवाह दर्ता गर्न मानेनन् ।’
प्रचण्ड असल सीता खराब
सगरमाथा आरोहणपछि बिना मगरलाई लिएर प्रकाश बेपत्ता भए पनि आफू छोरो लिएर प्रचण्ड निवास लाजिम्पाटमै केही महिना बसेको र बुबा (प्रचण्ड)को व्यवहार राम्रो पाए पनि मम्मी (सीता दाहाल) को व्यवहार सहन नसकेर माइत (पोखरा) जान बाध्य भएको सिर्जनाको गुनासो छ । आफ्नो र प्रकाशको सम्बन्ध यस्तो हुनुमा प्रचण्डको कुनै दोष नरहेको र आफ्ना कारणले प्रचण्डलाई असर पार्न नचाहेको सिर्जनाको भनाइ छ ।
srijana
‘बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ ।’ सिर्जना भन्छिन्- ‘प्रकाशका कारण म बुवा (प्रचण्ड) लाई असर पुर्‍याउन चाहन्न । बुवाको कारणले त होइन नि यो सबै भएको । बुवालाई असर नपुगोस् भनेरमात्रै हो म चुप लागेर बसेकी । मम्मीलाई त म मनै पराउँदिँन । म पनि उहाँलाई नंग्याउन सक्छु । तर, मम्मी (सीता)को केही कुरा गरे पनि सिधै बुवा (प्रचण्ड) सँग जोडिन्छ । त्यही भएर म धेरै बोल्न सकेकी छैन ।’
चरित्रहीन प्रकाशले यतिबेला मिडियामा आफ्नो चरित्रमाथि प्रश्न उठाउन थालेकोमा आपीत्त जनाउँदै चरित्र हत्या नगर्न चेतावनीसमेत दिएकी छन् । यसबारे उनले फोन गरेर प्रचण्डलाईसमेत जानकारी गराएको बताएकी छन् ।
माओले पाँचवटी बिहे गरेका थिए रे !
आफ्ना ससुराले भारतबाट फर्केपछि पोखरामा आफु र आफ्नो परिवारसँग भेट गरेको सिर्जनाले बताएकी छन् । तर, सो भेटमा सीता दाहालले माओत्सेतुङले पाँचवटी श्रीमती बिहे गरेका थिए भन्दै आफ्नो छोराको पक्षमा वकालत गरेको र आफूलाई पाल्न नसक्ने बताएको गुनासो उनको छ । सिर्जनाले भनेकी छन्- ‘भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । म भित्र गइँन किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्नै मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा
(प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।’
मिरर न्युजमा प्रकाशित सिर्जनाको भनाइको सम्पादित अंश
१७/१८ वर्षकै उमेरमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशसँग मेरो बिहे भयो । ०६४ माघ ३ गते म बुहारीकारूपमा प्रचण्डको घरमा भित्रिएँ । प्रकाश आफैँले मन पराएर मलाई माग्न घरमा आएका थिए । तिनै प्रकाशले पछि एक दैनिक पत्रिकामा ‘मम्मी (सीता)ले जबरजस्ती विवाह गराइदिएको’ भनेर अन्तर्वार्ता दिएको पनि पढेँ ।
विवाहपछि सबै कुरा राम्ररी नै चलेको थियो । बुवा (प्रचण्ड)ले निकै माया गर्नुहुन्थ्यो मलाई । मम्मी (प्रचण्डपत्नी-सीता)को भने सुरुदेखि नै राम्रो व्यवहार पाइनँ । छोरामात्रै भन्ने उहाँको बानी । प्रकाशको पनि केटी मामिलामा त्यस्तो नराम्रो बानी थिएन । रक्सी खाने बानी भने थियो ।
बिनासँग अलिअलि सम्बन्ध हुन थालेपछि प्रकाशको व्यवहार परिवर्तन हुन थाल्यो । रक्सी खाएर झगडा गर्नुका साथै बेलाबेला ममाथि हात पनि उठाउन थाले । मैले असाध्यै मेहनत गरेर सम्झाउन पनि खोजें । तर, मेरो कोसिस व्यर्थ भयो । बिनासँग प्रकाशको सम्बन्धबारे बिस्तारै घरमा सबैलाई थाहा हुन थाल्यो । मम्मी (सीता)लाई त अझ राम्ररी थाहा थियो । बुवा (प्रचण्ड)लाई पनि थाहा थियो जस्तो लाग्छ । घरका सबैले त्यहीबेला पहल गरेर उनीहरूलाई टाढा गरेको भए हुन्थ्यो जस्तो लाग्छ ।
प्रकाश र बिनाबीच गहिरो सम्बन्ध सुरु भएको उनीहरूले रसुवामा आरोहणबारे एउटा तालिम लिएर फर्केपछि हो । त्यताबाट फर्केपछि उनीहरूसँगै मर्निङवाकमा जान्थे । रसुवाबाट अलिअलि सुरु भएको सम्बन्धलाई दिन दिनैको मर्निङवाकले थप सुमधुर बनाएजस्तो लाग्छ । तर, तिनीहरूको सम्बन्ध त्यसभन्दा पुरानो भने होइन । त्यही सगरमाथा चढ्ने कुरा चल्न थालेपछि उनीहरूको नजिकबाट चिनाजानी भएको हो । हिमचिम बढ्दै गएपछि उनीहरूका गतिविधिबारे घरमा पनि सबैलाई थाहा हुन थाल्यो । सगरमाथाबाट फर्केपछि प्रकाशले बिनालाई लिएर फ्याट्ट हिँडेपछि त सबै कुरा बाहिर आइहाल्यो । त्यसभन्दा अगाडि उनीहरूबीचको सम्बन्ध छलफलमा थियो, खासगरी प्रकाश र मेरोबीचमा मात्र । जे थियो, घरभित्रै थियो । बुवा (प्रचण्ड)ले पनि धेरै सम्झाउनुभयो प्रकाशलाई । ‘तँ नै बद्मास रहेछस्, यस्तो गर्ने हो तैंले ? तँ निस्किहाल घरबाट’ भनेर बुवाले प्रकाशलाई धेरै झपार्नुभयो । तर, पनि केही भएन । प्रकाश बुवाका अगाडि बोल्दै नबोल्ने । मम्मीले धेरै कुरा लुकाउने । मम्मीले बुवालाई ‘टेन्सन’ हुन्छ भनेर कुरा लुकाउने । व्यवहार नै त्यस्तै हो उहाँको त । छोराप्रति अन्धोप्रेम थियो मम्मी (सीता)मा । हुन त छोराछोरीप्रति बुवाआमाको माया हुन्छ नै । मेरो पनि छोरा छ । तर, माया गर्ने भन्दैमा आँखा चिम्लेर त गर्नु भएन नि । छोराछोरीले गल्ती गरेमा सम्झाउने मात्रै होइन, आवश्यक परे झपार्नु पनि पर्छ ।
अहिले प्रकाशसँग मेरो सम्बन्ध बिग्रिएको छ । उनले त अहिले मेरोबारे जे पनि भन्छन् । उनी कस्ता हुन् भन्ने कुरा त उनको पृष्ठभूमि हेरेरै थाहा हुन्छ । पहिला पनि यस्तो घटना भएकै हो । स्थिति कस्तो थियो ? उनको मोटामोटी कुरा सबै त बाहिर आएकै हुन् । पत्रकारले पनि देखेकै कुरा हो । प्रकाशलाई अहिले एउटै कुरा चासो छ, कसरी हुन्छ मबाट अलग हुने । त्यही भएर अनेकथरि कुरा गर्दै हिँडेका छन् । उनलाई यतिबेला सिर्जनाले डिभोर्स दिए हुन्थ्यो भन्ने चिन्ता मात्रै छ । त्यही भएर उनले मलाई कसरी टर्चर दिउँ भन्ने सोचेका छन् । त्यस्तो व्यवहार गरिरहेका छन् । ममाथि चारैतिरबाट प्रहार गरिरहेका छन् उनले ।
मेरो विषयमा समाचार आयो । मैले यो विषयमा बुवा -प्रचण्ड)सँग पनि फोनमा कुरा गरे । ‘बुवा (प्रचण्ड) तपाइले मलाई सधैँ समान व्यवहार गर्छु भन्नुहुन्थ्यो खै गरेको ?’ भनेर सोधेँ । ‘प्रकाश मेरोबारे मिडियामा जथाभावी बोल्दै हिँडेका छन्, यदि तपाईं मलाई सपोर्ट गर्नुहुन्छ भने कुनै सार्वजनिक कार्यक्रममा मिडियाले त्यत्तिकै प्रचार गरेको हो भनेर बोलिदिनुस् । होइन, तिमी आफ्नो तरिकाले जाऊ मलाई मतलब छैन भन्नुहुन्छ भने म आफ्नो तरिकाले जान्छु’ भनेर बुवा (प्रचण्ड)सँग गुनासो गरेँ । बुवाले ‘होइन, होइन, म सहयोग गर्छु नि,’ भन्नुभएको छ ।
सबैलाई थाहा भएकै कुरा हो, प्रकाश नहुँदा पनि  म आठ महिनासम्म लाजिम्पाटमै बसेँ । मम्मी (सीता)को व्यवहार सधैँ त्यस्तै । उहाँबाट कहिल्यै पनि राम्रो व्यवहार र माया पाउन सकिनँ । अन्तिममा साह्रै भएर निस्केकी हुँ लाजिम्पाटबाट । बुवा (प्रचण्ड)ले मलाई सधैँ सम्झाउने गर्नुहुन्थ्यो । ‘बाहिर गयो भने अप्ठ्यारो पर्छ’ भन्ने उहाँको कुरा थियो । उहाँले ‘मेरो व्यवहार तिमीलाई जस्तो प्रकाशलाई कहिले हुँदैन’ भन्नुहुन्थ्यो र थियो पनि । बुवा (प्रचण्ड)ले गर्दा म बाहिर आउन नचाहेकी हुँ । आफ्नो गल्ती भएर म मौन बस्या होइन । अहिले त मेरो गल्ती भएजस्तो देखाउन खोजिएको छ ।
हामी सबैले गर्दा उहाँहरू आजको ठाउँमा पुग्नुभएको हो, एक्कासी आकाशबाट झरेर पुग्या त होइन । उहाँको ‘ब्याकग्राउन्ड’ स्थिति अहिलेको मेरो परिवार  (माइती)को जुन स्थिति छ, त्योभन्दा पनि नाजुक थियो । हाम्रो (माइती) गरिबीलाई देखेर प्रकाशले ‘यसको केही छैन’ भन्ने ठानेका होलान् । त्यही भएर कसरी टर्चर दिउँ भन्ने सोचेका होलान् ।
सबै सत्य एक बाहिर आउँछ । अहिले कति आउँछ थाहा छैन । मेरो बुवा (माइती घर पोखराका)ले बल्ल हिजोआज मम्मी (सासू सीता) को व्यवहार बुझ्दै हुनुहुन्छ । यो घटना उत्कर्षमा पुगेका बेला मेरो बुवा (पोखरा) काठमाडु आउनुभएको थियो । मम्मी (सीता)ले झगडा गरेर ‘म तपाईंकी छोरी पाल्न सक्दिनँ । आफ्नो छोरो त गयो, गयो, अब तपाइकी छोरी पाल्न सक्दिनँ,’ भन्नुभएछ ।
भारतबाट फर्केपछि बुवा (प्रचण्ड) पोखरा आउनुभएको थियो । बुवाले धेरैपटक मलाई बोलाउनुभयो । म नगएर घरभित्रै बसिरहेँ । बुवाले लगातार बोलाउनुभयो । ‘सिर्जना तिमी एकछिन त आऊ, तिमीसँग सल्लाहमात्रै गर्नु छ । भेट्न मन लागेको छ । बाहिर आऊ,’ भन्नुभयो । अनि गएँ । मेरो त्यत्ति कुरा भएन । मेरो बुवा (माइतीघर) पनि जानुभएको थियो मसँगै । मम्मी पनि सँगै हुनुहुन्थ्यो । मेरो बुवा (पोखराको)सँग प्रचण्ड बुवाले भित्र कुरा गर्नुभयो । त्यहाँ सीता मम्मी चर्किनुभयो । ‘माओका त पाँचवटी श्रीमती थिए, मेरो छोराले फेरि बिहे गर्‍यो त के बिगि्रयो’ भनेर उहाँ बुवासँग कराउनुभयो । म बाहिर थिएँ । पछि मेरो बुवा (पोखराको)ले यस्तो भन्नुभयो भनेर मलाई सुनाउँदा कस्तो नराम्रो लागेर आयो । म भित्र गइनँ किनभने मलाई मम्मी (सीता)को अनुहार नै हेर्ने मन लागेन । उहाँले गरेको व्यवहारले मलाई अहिले पनि एकदमै पीडा महसुस हुन्छ । बुवा (प्रचण्ड) सँगसँगै हिँडेको मान्छे उहाँ त । अलिकति त ‘चेन्ज’ हुनुपर्ने, बुझ्नुपर्ने हो नि । देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ । मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो ।
बुवा (प्रचण्ड)को मप्रति सधैँ राम्रो व्यवहार रहेको छ । उहाँले भन्नुभएको छ, ‘तिमीलाई मेरो सधैँ सपोर्ट हुन्छ ।’ उहाँले बिनालाई ल्याएर घरमा राख्दिनँ समेत भन्नुभएको छ । ‘तिमीलाई र प्रकाशलाई समान व्यवहार गर्छु, मेरो नाति छ,’ भन्ने बुवाको भनाइ छ । तर, प्रकाशको बानी नै त्यस्तो छ, उल्टै मलाई आरोप लगाउँदै हिँड्ने । यदि मेरो चरित्र खराब छ, योेसँग हिँडेकी छ भन्ने थाहा छ भने प्रकाशले देखाइदिऊन् न त । म त्यसैसँग जान्छु । होइन भने मलाई न्याय दिनुपर्‍यो । जथाभावी आरोप लगाउन त पाइँदैन नि । आफैँ गल्ती गर्ने अनि अरूलाई आरोप लगाउने ? यो त राम्रो कुरा होइन ।
बुवा (प्रचण्ड)ले ‘मिडियाले जे पनि भन्छ, धेरै उचाल्छ । तिमी चिन्ता नगर,’ भन्नुभएको छ । मलाई कतै जागिर व्यवस्था गर्ने कुरा उहाँले गर्नुभएको छ । मेरो छोरालाई होस्टेलमा राखिदिने उहाँले भन्नुभएको छ । त्यसो गर्दा बाबुलाई मैले पनि भेट्न पाउने र बुवा (प्रचण्ड)ले पनि भेट्न पाउने हुन्छ भन्ने उहाँको कुरा हो । तर, म मेरो छोरालाई कुनै पनि हालतमा छाड्दिनँ । उहाँहरूसँग सबै सेवा सुविधा छ । मेरो छोरोलाई उहाँहरूको जति सेवा सुविधा मैले दिन सक्दिनँ होला । तर, मेरो क्षमताले भ्याएसम्म बाबुलाई राम्रोसँग पढाउन चाहन्छु । अहिले मिडियामा बुवा (प्रचण्ड)ले बाबुलाई आफूसँग राख्न ७५ लाख दिन्छु भनेर प्रस्ताव गरेको भनेर आएको पनि देखेँ । त्यो सरासर गलत हो । उहाँले त्यस्तो केही कुरै गर्नुभएको छैन । हाम्रो (पोखरा) परिवारका तर्फबाट झन् त्यस्तो कुरा जानै सक्दैन । बुवा (प्रचण्ड)ले त बाबुलाई होस्टेलमा राखिदिने कुरा मात्रै गर्नुभएको हो ।
nati
बुवा (प्रचण्ड)ले नातिलाई धेरै माया गर्नुहुन्छ । पोखरा आएको बेला पनि खेलाएर बस्नुहुन्छ । बाबुलाई केही दिनका लागि लैजान खोज्नुभएको थियो । तर, मैले ‘बुवा मेरो जीवन भनेको यही हो’ भनेर लैजान दिइनँ । लाजिम्पाटमा पनि बाबुलाई काखमा लिइरहनुहुन्थ्यो बुवाले । बाबु हुर्केर १८ वर्ष पुगुन्जेलसम्म म उसलाई राम्ररी हेर्छु । त्यसपछि उसलाई बुवा ठीक लाग्यो भने उसैको इच्छा हो । मैले अर्को विवाह नगरुन्जेल बाबुप्रति मेरा अधिकार छ । यदि मैले बाबुप्रतिको उत्तरदायित्व वहन गरेको छैन भने उहाँहरूले लैजान खोज्नु स्वाभाविक होला । तर, उसको बुवा -प्रकाश)को जसरी म अर्कैसँग भागेकी त छैन नि । त्यस्तो म कहिल्यै गर्दा पनि गर्दिनँ । हाम्रो सम्बन्ध बिगि्रएपछि प्रकाशले त बाबुसँग एकपटक कुरासमेत गरेको छैन ।
बुवा (प्रचण्ड)ले पनि ‘कुनै पनि एंगलबाट पनि तिम्रो गल्ती छैन, के गर्ने त्यही -प्रकाश) कुकुर भयो, गधा भयो । त्यसले गल्ती गर्‍यो,’ भनेर पटक-पटक भन्नुभएको छ । अब मम्मी (सीता)को त के कुरा गर्नु ? उहाँ त त्यस्तै हो, छोरा-छोरा मात्रै भन्ने । छोराको गल्ती सबै नदेखेजस्तो गर्ने उहाँको बानी ।
श्रीमान् हो भनेर कहिलेकाहीँ मनमा प्रकाशप्रति माया पनि जाग्छ । मैले पाँच वर्ष उनीसँग बिताएकी छु नि । सुध्रिन्छन् कि भन्ने आशा पनि थियो । त्यही आशाले मात्रै म मौन बसेकी हुँ । मेरो मौनतालाई उल्टो बुझेर उनले त यसको कोही पनि छैन भनेर साह्रै बेइज्जत पो गर्न थाले । आँट भए मेरो गल्ती के हो देखाउनुपर्‍यो नि । मेरो चरित्र नराम्रो हुन्थ्यो र अर्कैसँग जाने मन भए प्रकाशसँग सम्बन्ध बिग्रेको एक वर्षसम्म किन यसरी बस्थेँ ? अहिलेसम्म त म खुसी भएर अर्को विवाह गरिसक्थेँ होला नि ! प्रकाशले विभिन्न तरिकाले अहिले मसँग सम्बन्धविच्छेद मागिरहेका छन् । तर, म किन दिन्छु र यति सजिलै । अहिले म डिग्री पढ्दै छु । हेरौँ, अगाडि के हुन्छ ।

Saturday, December 1, 2012

Haptaweek Mansir 7 Front Paje


Haptaweek Mansir 7 -Paje 2


Haptaweek Mansir 7 -Paje 3